यो सांझ यो याद ....
यो सांझ यो याद कति रुमानी छ नि ? अनि कति इमान्दार हुन्छ नि यो यादहरु,चाहे जहाँ जाऊ,जति टाढा जाऊ पछ्याउदै आइपुग्छ। … यो यादहरु ….मान्छे र मौसम जस्तो छैन यो ,बदलिजादैन बडा पक्का छ यसको साथ। उसले भन्यो, तिमी एक्लै के बर्बराउदै छौ ? मैले भने,कसैसंग बोल्ने आदत भन्दा एक्लै आफै संग बोल्नु रमाइलो लाग्छ आजभोली ...! उसले भन्यो, अजीब छौ तिमी र गहिरो पनि ….। तिमीलाई थाहा छ, यो यादहरुको रंग मेहेंदीको रंग भन्दा गाढा हुन्छ। मैले अघि भनिन तिमीलाई इमान्दार हुन्छ यादहरु हत्तपत्त साथ छोडदैन। कास यति इमान्दार मान्छे आफै संग भैदिए,उसले अरु संग बेइमानी गर्दा सायद एकचोटी त सोच्थ्यो होला नि ? उफ,तिमी के यो यादहरुको कुरा लिएर बसेको ? उसले झर्को मान्दै भन्यो ...! मैले उसलाई हास्दै भने, तिमीलाई थाहा छ यादहरु पनि कत्ति अच्चमको हुन्छ ! जुन यादलाई हामी भुल्न चाहन्छौ त्यसले पिछा छोर्दैन चाहे जति कोशिस गर, ...! र जुन यादहरुलाई कैद गरेर राख्न मन लाग्छ,त्यो हाम्रो सम्झना बाट बिस्तारै धमिलो हुदै जान्छ। माया पनि त्यस्त...