“I survived all the snakes, but a butterfly killed me.” “I survived all the snakes” भन्नाले , एक व्यक्तिले आफ्नो जीवनमा आएका खतरनाक , विषालु , धोकेबाज वा कठोर मानिसहरू र परिस्थितिहरूसँग जुधेर पनि आफूलाई सम्हाल्न सकेको भन्ने बुझाउँछ। तर “but a butterfly killed me” ले के देखाउँछ भने , अन्ततः कुनै कोमल , सुन्दर , मायालु वा सुरक्षित जस्तो लागेको व्यक्ति वा भावनाले उसलाई सबैभन्दा गहिरो चोट दियो। अर्थात् , “ मैले सबै सर्प (खतरनाक , धोकेबाज , कठोर मानिसहरू) सँग जुधेर पनि बाँचें , तर एउटा कोमल पुतली (कोमल , सुन्दर , मायालु जस्तो देखिने व्यक्ति वा भावना) ले मलाई तोडिदियो। ” कहिलेकाहीँ जीवनले अचम्मका कुरा सिकाउँछ। हामीले धेरै कठोर मानिसहरू देखेका हुन्छौँ , जीवनमा धोका पनि भोगेका हुन्छौँ। त्यसैले बिस्तारै मनले खराब देखिने मानिसहरूबाट बच्न सिकिसकेको हुन्छ। तर मन कहिल्यै तयार हुँदैन त्यो चोटका लागि , जुन कुनै कसैको कोमल मुस्कान , मिठो व्यवहार र आफ्नोपनबाट आउँछ। जो कोमल लाग्छ , सुन्दर लाग्छ , आफ्नोपन दिन्छ , जसको बोलीमा माया हुन्छ र व्यवहारमा मिठास हुन्छ। हामी उसलाई विश्वास गर्न ...
Comments
Post a Comment