बुढो मानिस र हराएको घोडा "The Old Man Who Lost His Horse"
(Chinese Tale – “塞翁失馬”) – नेपाली रूपान्तरण)
एउटा समयको कुरा हो, चीनको उत्तर भागमा सिमानामा एउटा बुढो मानिस बस्दथ्यो। गाउँलेहरू उसलाई “साई वेंग” भन्थे अर्थात् सिमानामा बस्ने बुढो मानिस !
उनी आफ्नै साधारण जीवनमा रमाइरहेका थिए। उनको एउटा मात्र मूल्यवान सम्पत्ति थियो एक घोडा। त्यो घोडा बलियो, छिटो र निकै काम लाग्ने थियो। तर एक दिन त्यो घोडा बाघ लागेर जंगलतिर भाग्यो।
गाउँका मानिसहरू सबै चिन्तित भए। उहिलेका दिनमा घोडा भनेको धन बराबर हुन्थ्यो। सबै आएर बुढोलाई सान्त्वना दिन थाले,
“दाई, तपाईंको त धेरै ठूलो हानि भयो। यस्तो समयमा धैर्य गर्नुहोस्।”
तर बुढो मान्छे मुस्कुराउँदै भन्छन,
के राम्रो, के नराम्रो अहिले भन्न सकिँदैन।
गाउँलेहरू आश्चर्यचकित भए। घोडा हराउनु त ठुलो दु:ख हो, तर उनी त्यसलाई पनि सामान्य मानिरहेका थिए।
दुई हप्ता बिते पछि त्यो हराएको घोडा फर्केर आयो तर खाली थिएन। ऊसँगै केही जंगली घोडाहरू पनि ल्याएको थियो। अब बुढो मान्छेसँग एक होइन, आधा दर्जन घोडा भए।
गाउँलेहरू फेरि आए, यसपटक खुशीका साथ
दाई, तपाईं त भाग्यमानी रहेछौं! घोडा हराउनु त राम्रो कुरो भयो!
बुढो फेरि उस्तै उत्तर दिन्छन,
यो पनि राम्रो हो वा नराम्रो,अहिले भन्न सकिँदैन।
एक दिन बुढोको छोरा ती घोडाहरूलाई पाल्ने क्रममा एउटा उन्मत्त घोडामा चढ्छ। घोडा बिथोलिन्छ र उसको छोरा लडेर गम्भीर चोट खान्छ। उसको खुट्टा भाँचिन्छ र उ उठ्न पनि नसक्ने हुन्छ।
अब फेरि गाउँलेहरू आएर भने,
“दाई, अब त दु:ख भयो। छोरालाई यति ठूलो चोट भयो।”
बुढो फेरि मुस्कुराउँदै भन्छन,
“राम्रो हो वा नराम्रो, त्यो त समयले नै बताउने हो।”
केही समयपछि देशमा युद्ध लाग्छ। सबै युवाहरूलाई जबरजस्ती सेनामा भर्ती गरिन्छ। तर बुढोको छोरा अपाङ्ग भएको कारण घरमै बस्न पाउँछ। युद्धमा गएको गाउँका धेरै युवा मर्छन् तर लडाइमा जान नपरेको कारण बुढो छोरा बाँचिरहन्छ।
निष्कर्ष / सन्देश:
यो कथाले जीवनको गहिरो सत्य देखाउँछ,
जीवनका कुनै पनि घटना एकपटकमा राम्रो वा नराम्रो भन्न सकिँदैन। कहिले काहीं जुन कुरा दु:खद लाग्छ, पछि त्यो नै सौभाग्य बन्न सक्छ। समयको प्रवाहमा सबै कुरा फेरिन्छ। त्यसैले, जीवनमा धैर्य, समता र सकारात्मक दृष्टिकोण राख्न आवश्यक छ।
"कुनै पनि परिस्थिति स्थायी हुँदैन। त्यसैले हरेक घटनालाई समय अनुसार बुझौं, तुरुन्तै मूल्यांकन नगरौं।"
"समयले नै देखाउँछ त्यो राम्रो थियो कि नराम्रो।
With Care
— Srizanaa 💗

Comments
Post a Comment