“आधुनिकता भित्रको एक्लोपन: डिजिटल युगमा बाँच्ने बोझिलो जीवन” Loneliness within Modernity: The Heavy Life of the Digital Age

 

"तिमी दुखी छौ? किन? तिमी त सफल देखिन्छौ!"

        "यही देखिने कुरा नै समस्या हो।"

डिजिटल युगले हामीलाई जडान त गर्‍यो, तर मन भित्र भने अझै खालीपन छ।

सहज जीवनको खोजीमा हामी अझै जटिल हुँदै गइरहेका छौँ।

The digital age connected us, but inside, we still feel empty.
In the pursuit of an easier life, we’ve made it even more complicated.

-विकसित समाज, अविकसित मन :-

आज हामी तीव्र गतिको युगमा बाँचिरहेका छौं।
हाम्रो हातमा स्मार्टफोन छ, आँखामा सपना छ, तर मनमा अशान्ति छ।
हामीले शहर बनाएँयौं, तर शान्ति हरायौं।

हामीले त नेटवर्क जोडेयौं, तर सम्बन्ध टुटे।
“हामी जति स्मार्ट हुँदै गयौं, उति नै तनावग्रस्त पनि।”

-उच्च आशा, गहिरो निराशा :-

आजको समाजमा "सफल" बन्ने मापदण्ड दिन-दिनै बढिरहेको छ:-

  • राम्रो जागिर
  • राम्रो लुगा
  • राम्रो शरीर
  • राम्रो रिलेसनसिप
  • राम्रो मोबाइल, घडी, गाडी…आदि  

तर यति धेरै "rāmro" को दौडमा,
कति जना हामी आफैँलाई साँचो अर्थमा राम्रा ठान्न सक्छौं?

यो Comparative Culture हो, जहाँ आफ्नो खुसी अरूको फोटो हेरेर मापन गरिन्छ।

-मानसिक स्वास्थ्य: अब खुला कुराकानीको समय :-

  • तनाव (Stress)
  • उदासी (Depression)
  • आत्मग्लानि (Impostor syndrome)
  • घातक प्रतिस्पर्धा

यी सबै आजका युवाहरूको सामान्य समस्या बनेका छन्।
तर दुखको कुरा, अझै पनि समाजमा "मानसिक स्वास्थ्य" विषयमा खुलेर कुरा गर्ने संस्कार छैन।

"तिमी दुखी छौ? किन? तिमी त सफल देखिन्छौ!"
यही देखिने कुरा नै समस्या हो।

-डिजिटल संसार: सम्बन्धका नाममा दूरी :-

सामाजिक सञ्जालले हामीलाई जति नजिक ल्यायो,
मनले उति नै टाढा बनायो।

  • Like को संख्याले आत्मसम्मान तोकिन्छ !
  • Reply नआउँदा anxiety हुन्छ !
  • Fake smile पोस्ट गर्दै दुःख लुकाइन्छ !

हामी भित्र बिस्तारै "सञ्चारको नाटक" खेल्न थालेका छौं,
जसमा भावना कम, देखावटी धेरै छ।

-"भाग-भाग" जीवनशैली: गन्तव्य थाहा छैन, दौड जारी छ !

  • बिहान अफिस, राति Netflix या YouTube.
  • साथीहरू सँग तस्बिर छ, समय छैन
  • शरीर थाकेको छ, तर मन निदाएको छैन

हामीलाई सायद थाहा नै छैन, किन यति दौडिरहेका छौं।
तर एक छिन बिसाउने कुरा गर्न खोज्दा, समाजले भन्छ -“तिमी पछि पर्छौ!”

-अबको बाटो (The Way Forward): सजिलो बाँच्न सिकौं 

के गर्न सकिन्छ?

  • Digital Detox (डिजिटल डिटक्स):
    हप्तामा कम्तिमा एक दिन फोन र सोसल मिडियाबाट टाढा बस्ने अभ्यास।
    Take at least one day a week away from phones and social media.
  • Authentic संवाद (Authentic Communication):
    "म ठीक छु" भनेर नढाट्ने, साँचो कुरा गर्न सिक्ने।
    Learn to say what you really feel, instead of just “I’m fine.”
  • Real Success को परिभाषा परिवर्तन (Redefining Success):
    सफलता भनेको धन वा देखावट होइन, शान्ति, सन्तुलन र सन्तुष्टि हो भनेर बुझ्ने।
    True success means peace, balance, and fulfillment, not wealth or display.
  • Minimalism अपनाउने (Practicing Minimalism):
    थोरै वस्तु, तर गहिरो खुसी।
    Find joy in fewer things, but with deeper meaning.
  • Nature संग नजिकिने (Getting Closer to Nature):
    प्रकृतिसँग समय बिताएर जीवनलाई सन्तुलनमा ल्याउने।
    Reconnect with nature to bring balance back into life.

- निष्कर्ष: आधुनिक बन्नु नराम्रो होइन, तर बाँधिनु खतरनाक हो।

हामीले आधुनिक जीवनशैली त अपनाएका छौं,
तर आत्मा बिर्सियौं।
हामीले धेरै कुरा जानेका छौं,
तर आफैँलाई बुझ्न कतै भुलेका छौं।

- तपाईंलाई सफल देखिनु आवश्यक छैन,
- तपाईंलाई शान्त हुनु आवश्यक छ।

By: Srizanaa ✍🏻️

#ModernLife #MentalHealthAwareness #LifestyleBalance #DigitalDetox #SelfReflection #Minimalism #Mind

Comments

Popular posts from this blog

“Sad Birds Still Fly – Maverick

“I Survived the Snakes, But Not the Butterfly” -“सर्पहरूदेखि बचेँ, तर कोमल पुतलीसँग हारें”