“I Survived the Snakes, But Not the Butterfly” -“सर्पहरूदेखि बचेँ, तर कोमल पुतलीसँग हारें”

 


“I survived all the snakes, but a butterfly killed me.”

“I survived all the snakes” भन्नाले, एक व्यक्तिले आफ्नो जीवनमा आएका खतरनाक, विषालु, धोकेबाज वा कठोर मानिसहरू र परिस्थितिहरूसँग जुधेर पनि आफूलाई सम्हाल्न सकेको भन्ने बुझाउँछ।
तर “but a butterfly killed me” ले के देखाउँछ भने, अन्ततः कुनै कोमल, सुन्दर, मायालु वा सुरक्षित जस्तो लागेको व्यक्ति वा भावनाले उसलाई सबैभन्दा गहिरो चोट दियो।

अर्थात्, “मैले सबै सर्प (खतरनाक, धोकेबाज, कठोर मानिसहरू) सँग जुधेर पनि बाँचें, तर एउटा कोमल पुतली (कोमल, सुन्दर, मायालु जस्तो देखिने व्यक्ति वा भावना) ले मलाई तोडिदियो।

कहिलेकाहीँ जीवनले अचम्मका कुरा सिकाउँछ। हामीले धेरै कठोर मानिसहरू देखेका हुन्छौँ, जीवनमा धोका पनि भोगेका हुन्छौँ। त्यसैले बिस्तारै मनले खराब देखिने मानिसहरूबाट बच्न सिकिसकेको हुन्छ। तर मन कहिल्यै तयार हुँदैन त्यो चोटका लागि, जुन कुनै कसैको कोमल मुस्कान, मिठो व्यवहार र आफ्नोपनबाट आउँछ।

जो कोमल लाग्छ, सुन्दर लाग्छ, आफ्नोपन दिन्छ, जसको बोलीमा माया हुन्छ र व्यवहारमा मिठास हुन्छ। हामी उसलाई विश्वास गर्न थाल्छौँ र मन विस्तारै उसैसँग सुरक्षित महसुस गर्न थाल्छ। तर कहिलेकाहीँ त्यहीँ कोमलता भरिएको सम्बन्धले सबैभन्दा गहिरो चोट दिन्छ। सायद त्यसैले भनिन्छ, घाउ सधैं घृणाले मात्र दिँदैन, कहिलेकाहीँ अत्यधिक विश्वास र मायाले पनि दिन्छ।

त्यसपछि बल्ल बुझिन्छ कि, सबैभन्दा गहिरो चोट शत्रुले होइन, आफ्नो ठानेको व्यक्ति वा सम्बन्धले दिन्छ। खुला रूपमा खराब देखिने मानिसहरू भन्दा त्यो व्यक्तिबाट बढी चोट लाग्छ, जसलाई हामीले आफ्नो सम्झेका थियौँ। जो हाम्रो कमजोर पक्ष बन्यो, जसलाई हामीले मनभित्र सबैभन्दा सुरक्षित ठाउँ दिएर राखेका थियौँ।

मलाई याद छ, धेरै अघि मैले एउटा caption लेखेको थिएँ-जहाँ मलाई सबैभन्दा बढी चोट लाग्यो, त्यहीँनिर तिम्रो खुशी थियो

त्यो बेला मैले केवल आफ्नो भावना लेखेको थिएँ। तर आज आएर बुझ्छु, त्यो लाइन वास्तवमा म भित्रको पिडा मात्रै होइन, अरू धेरै मानिसहरूको मनले पनि महसुस गरेको पिडा रहेछ।

किनकि कहिलेकाहीँ हामी जुन ठाउँमा सबैभन्दा बढी दुखिरहेका वा टुटिरहेका हुन्छौँ, त्यहीँ ठाउँमा अरूले आफ्नो खुशी खोजिरहेका हुन्छन्। हामी सम्झनाहरू समातेर बसिरहेका हुन्छौँ, उनीहरू भने जीवनमा धेरै अघि बढिसकेका हुन्छन्।

अनि जीवनको कुनै अप्ठ्यारो मोडमा आएर बुझिन्छ, सबैभन्दा गहिरो चोट घृणाले होइन, मायाको भ्रमले दिन्छ।

अन्त्यमा यति नै भन्न चाहान्छुजहाँ वा जसबाट चोट लाग्ने आशा हुँदैन, कहिलेकाहीँ सबैभन्दा ठूलो चोट त्यहीँबाट लाग्छ। किनकि कठोर कुराहरू त सहन सकिन्छ, तर माया र कोमल भावनामा लागेको चोट सधैं बढी गहिरो हुन्छ।

त्यसैले शायद यो लाइनको अर्थ यति धेरै गहिरो भएको होला, - ‘Hard things didn’t break me, but soft love did.’ कहिलेकाहीँ जीवनका कठोर र पीडादायी कुराहरू सहेर पनि मानिस बलियो भएर बाँच्छ, तर माया र भावनामा लागेको चोटले भने उसलाई भित्रैदेखि तोडिदिन्छ।” 

@Srizanaa

#SrizanaaPost #Srizanaawrites #LifeLessons #DeepThoughts  #SelfReflection #InnerHealing #Heartbreak #TrustIssues #LifeQuotes  #NepaliWriting  #HealingJourney





Comments

Popular posts from this blog

“Sad Birds Still Fly – Maverick

“आधुनिकता भित्रको एक्लोपन: डिजिटल युगमा बाँच्ने बोझिलो जीवन” Loneliness within Modernity: The Heavy Life of the Digital Age