Posts

Showing posts from June, 2026

बुढो मानिस र हराएको घोडा "The Old Man Who Lost His Horse"

Image
(Chinese Tale – “ 塞翁失馬 ”) –   नेपाली   रूपान्तरण ) एउटा समयको कुरा हो , चीनको उत्तर भागमा सिमानामा एउटा बुढो मानिस बस्दथ्यो। गाउँलेहरू उसलाई “ साई वेंग ” भन्थे अर्थात् सिमानामा बस्ने बुढो मानिस ! उनी आफ्नै साधारण जीवनमा रमाइरहेका थिए। उनको एउटा मात्र मूल्यवान सम्पत्ति थियो एक घोडा। त्यो घोडा बलियो , छिटो र निकै काम लाग्ने थियो। तर एक दिन त्यो घोडा बाघ लागेर जंगलतिर भाग्यो। गाउँका मानिसहरू सबै चिन्तित भए। उहिलेका दिनमा घोडा भनेको धन बराबर हुन्थ्यो। सबै आएर बुढोलाई सान्त्वना दिन थाले, “ दाई , तपाईंको त धेरै ठूलो हानि भयो। यस्तो समयमा धैर्य गर्नुहोस्। ” तर बुढो मान्छे मुस्कुराउँदै भन्छ न , के राम्रो , के नराम्रो अहिले भन्न सकिँदैन। गाउँलेहरू आश्चर्यचकित भए। घोडा हराउनु त ठुलो दु : ख हो , तर उनी त्यसलाई पनि सामान्य मानिरहेका थिए। दुई हप्ता बिते पछि त्यो हराएको घोडा फर्केर आयो तर खाली थिएन। ऊसँगै केही जंगली घोडाहरू पनि ल्याएको थियो। अब बुढो मान्छेसँग एक होइन , आधा...

Minimalism के हो? के तपाईं यसमा विश्वास गर्नुहुन्छ?

Image
Minimalism भनेको के हो? के तपाईं यसमा विश्वास गर्नुहुन्छ? हामी बाँचिरहेको संसारले प्रायः हामीलाई अझ धेरै किन्न, अझ धेरै जम्मा गर्न, अझ धेरै प्राप्त गर्न प्रेरित गरिरहेको हुन्छ। तर कहिलेकाहीँ त्यही भीडभाड र दौडधुप बीच एउटा साधारण प्रश्न उठ्छ, के साँच्चै धेरै नै चाहिन्छ, कि थोरैले पनि पुग्छ? त्यही प्रश्नसँग जोडिएको एउटा विचार हो - Minimalism। वास्तवमा भन्नुपर्दा, केही समयअघिसम्म मिनिमलिज्म भन्ने विषयप्रति मेरो खासै रुचि थिएन। यसबारे धेरै खोज्ने वा बुझ्ने प्रयास पनि गरेको थिइनँ। तर पछिल्लो समय इन्टरनेटमा यस विषयसँग सम्बन्धित लेखहरू र विचारहरू बारम्बार देखिन थालेपछि, “आखिर यो मिनिमलिज्म भनेको के रहेछ?” भन्ने जिज्ञासा जाग्यो। त्यसपछि यसबारे थोरै पढ्ने र बुझ्ने सानो प्रयास गरेँ। म यस विषयको विशेषज्ञ, दार्शनिक वा गहिरो अध्ययन गरेको व्यक्ति होइन। तर मैले पढेका र बुझेका केही पक्षहरू जीवनसँग मेल खाने र सोच्न लायक लागे, त्यसैले यो विषयबारे आफ्ना केही विचार साझा गर्ने इच्छा भयो। Minimalism भनेको सरल भाषामा भन्नुपर्दा जीवनबाट अनावश्यक कुराहरू हटाएर वास्तवमै महत्त्वपूर्ण कुराहरूका लागि ठाउँ बनाउने स...