यो सांझ यो याद ....

 




यो सांझ यो याद कति रुमानी छ नि ? 


अनि कति इमान्दार हुन्छ नि यो यादहरु,चाहे जहाँ जाऊ,जति टाढा जाऊ पछ्याउदै आइपुग्छ। … यो यादहरु ….मान्छे र मौसम जस्तो छैन यो ,बदलिजादैन बडा पक्का छ यसको साथ। 

उसले भन्यो, तिमी एक्लै के बर्बराउदै छौ ?

मैले भने,कसैसंग बोल्ने आदत भन्दा एक्लै आफै संग बोल्नु रमाइलो लाग्छ आजभोली ...!
उसले भन्यो, अजीब छौ तिमी र गहिरो पनि ….। 

तिमीलाई थाहा छ, यो यादहरुको रंग मेहेंदीको रंग भन्दा गाढा हुन्छ। 
मैले अघि भनिन तिमीलाई इमान्दार हुन्छ यादहरु हत्तपत्त साथ छोडदैन। 
कास यति इमान्दार मान्छे आफै संग भैदिए,उसले अरु संग बेइमानी गर्दा सायद एकचोटी त सोच्थ्यो होला  नि ?

उफ,तिमी के यो यादहरुको कुरा लिएर बसेको ? उसले झर्को मान्दै भन्यो ...!
मैले उसलाई हास्दै भने, तिमीलाई थाहा छ यादहरु पनि कत्ति अच्चमको  हुन्छ !

जुन यादलाई हामी भुल्न चाहन्छौ त्यसले पिछा छोर्दैन चाहे जति कोशिस गर, ...!
र जुन यादहरुलाई कैद गरेर राख्न मन लाग्छ,त्यो हाम्रो सम्झना बाट बिस्तारै धमिलो  हुदै जान्छ।

माया पनि त्यस्तै हुदो रहेछ, जुन माया लाई हामी जति कैद गरेर राख्न खोज्छौ ....!
उति त्यो हामी देखि टाढा हुदै जान्छ, चाहे जति बलियो गरि बाधेर राख ...!
यति भन्दै गर्दा मलाई खलिल गिब्रान को एउटा पंक्ति याद आयो … भनु…?

"'कसैलाई माया गरछौ भने उसलाई स्वतन्त्र छोडी देउ, फर्केर आए तिम्रो हो 
नत्र ऊ तिम्रो कहिले थिएँन।'' 

मायामा फर्केर आउनु जरुरि छ, यदि त्यो तिम्रो लागि महत्व राख्छ भने। 

उसले म तिर मुस्कुराउदै हेर्दै भन्यो, के तिमी कसैको प्रेममा छौ ?

मैले पनि मुस्कुराउदै जवाफ दिए, आफैलाई प्रेम गर्नु, अरु कसैलाई  प्रेम गर्नु भन्दा जरुरी हुनु पर्ने होइन र ?

उसले भन्यो तिमी कुरा घुमाउदै छौ, मैले भने यो प्रश्न बडा अप्ठेरो छ.…म त्यति सजिलै कसै संग प्रेममा परिहाल्ने मान्छे नभएर होला सायद , प्रेम मेरो लागि जहिले गाह्रो बिषय रहयो। 

र प्रेम कहिले मेरो लागि सजिलो बाटो भएर आएन, अनि कसै संग यति सजिलै र भन्ने बित्तिकै हुने कुरा पनि त् होइन नि प्रेम, न बजारमा पाइने समान जस्तै किनेर या मागेर पाइने चिज हो। 
its is  complicated anyway छोड यो कुरा यहि मैले हास्दै भने.…।  

उसले फेरी सोध्यो, के तिमी अहिले पनि उसलाई सम्झिन्छौ ?
उफ तिमी कति प्रश्न सोध्छौ … यादहरुमा कसको जोर चल्या छ र ? 

फेरी पनि भन्दैछु ……।  
यादहरु इमान्दार छ त्यही भएर यो साथमा छ,कहिले हसांउछ कहिले रुवाउंछ ...!
म पनि त इमान्दार छु, जिद्दी छु त्यसैले उसको यादहरु संग पनि बेइमानी गर्दिन...!
यति बुझ, माया र यादहरुमा कसैको जोर छैन ……।  

#सिर्जना पुन NP 
 

Comments

Popular posts from this blog

“Sad Birds Still Fly – Maverick

“I Survived the Snakes, But Not the Butterfly” -“सर्पहरूदेखि बचेँ, तर कोमल पुतलीसँग हारें”

“आधुनिकता भित्रको एक्लोपन: डिजिटल युगमा बाँच्ने बोझिलो जीवन” Loneliness within Modernity: The Heavy Life of the Digital Age