#तिमी संग ( Poetry )





 तिमीलाई भन्नु पर्ने,तिमीलाई सुनाउनु पर्ने   

धेरै कुराहरु छन् मनमा के तिमी सुनिदिन्छौ ?

तिमीलाई कुनै दिन बोलाए भने, मैले आवाज दिए भने 

मेरो आवाज सुनेर के तिमी फर्किएर हेरिदिन्छौ  ?

तिमीलाई सम्झिनु अनि रात बिरात छटपटिनु  

धेरै कुरा छन् तिमीलाई बताउनु,के तिमी बुझिदिन्छौ ?

तिम्रा हरेक घाऊहरुमा, तिम्रा चोटहरुमा मलम 

बनिदिन्छु के मलाई तिमी यति अनुमति दिन्छौ  ?


जिन्दगीको यो कुन मोड हो,म आफैलाई थाहा छैन 

यो हाथ समाएर यो बाटो कुन हो चिनाउछौ ? 

तिमी संग नबोल्दा पनि दिल दुख्छ बोल्दा पनि दुख्छ 

दिललाई अझै चोट पुग्या छैन,सहन सक्छु चोट दिन्छौ ?

कहिले आफ्नै लाग्छौ,कहिले पराइ जस्तो गर्छौ  

तिमी र मेरो बिचमा सम्बन्ध के हो सम्झाउछौ ?

जति सुल्झाउन खोज्छु उति झन उल्झेको उल्झै छ 

यो मन यो दिमाग के तिमी मलाई सुल्झाउछौ ?

कुन चै धागों लें बाधेको छ तिमी र मलाई भन

म फुकाउने कोशिश गर्छु उता झन कसिदिन्छौ?

कसलाई सोधु आखिर मलाई चैन सुकुन किन छैन 

हास्न चाहन्छु तिमी संग,थोरै सुकुन मेरो नाम गरि दिन्छौ  ? 


— Srizanaa

#poem #poetry #nepalipoem #timisang #emotions #srizanaawrites #srizanaapost #keeploving 


Comments

Popular posts from this blog

“Sad Birds Still Fly – Maverick

“I Survived the Snakes, But Not the Butterfly” -“सर्पहरूदेखि बचेँ, तर कोमल पुतलीसँग हारें”

“आधुनिकता भित्रको एक्लोपन: डिजिटल युगमा बाँच्ने बोझिलो जीवन” Loneliness within Modernity: The Heavy Life of the Digital Age